सुभेष सिनाल
काठमाण्डौं, फागुन १८
त्रिदेशीय टि २० क्रिकेट प्रतियोगिताको फाइनल पुग्ने सम्भावनालाई कायम राख्न नेपालले आज जित्नै पर्ने खेलमा नामिवियाको सामना गर्दैछ । यस अघि खेलेका २ खेलमा नेपाल पराजित भएकोले आजको खेलमा जित्नै पर्ने दवाव नेपाल माथी छ। पहिलो खेलमा नेपाल नामिवियासंग २० रनले र नेदरलैण्ड्ससंग २ रनले पराजित भएको थियो ।
वेष्ट इन्डिज र अमेरिकामा यसै वर्ष हुने टि२० विश्वकपको तयारीको लागि भइरहेको प्रतियोगितामा नेदरलैण्ड्स दुइ खेल जितेर तालिकाको ४ अंकका शिर्ष स्थानमा छ भने नामिविया एक हार र एक जित सहित २ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल अंक बिहिन छ ।
नेपालले अवको दुबै खेलमा जिते पनि फाइनलमा स्थान बनाउनको लागि अन्य टोलीको नतिजा र रनरेटको प्रतिक्षा गर्नु पर्नेछ । नेपालले बाकी दुबै खेल जित्न सक्यो र नेदरलैण्ड्सले नामिवियालाई पराजित गर्यो भने चाँही नेपाल सोझै फाइनलमा पुग्ने छ । नेपालले आज नामिवियालाई पराजित गरेर नेदरलैण्ड्संग हार ब्यहोरेमा भने नेदरलैण्ड्सले नामिवियालाई पराजित गरे नामिवियाले र नेपालमा रनरेट राम्रो हुने टोलीले फाइनलमा स्थान बनाउने छ ।
नेपालले दुबै खेलमा जित हात पार्यो र नामिवियाले नेदरलैण्ड्सलाई पराजित गर्यो भने चाँही तिनै देशको समान ४ अंक हुनेछ । यस्तो अवस्थामा रन रेट राम्रो शिर्ष दुइ देशले फाइनल खेल्नेछन ।
लिग २ को त्रिदेशीय सिरिजमा निराजनक प्रदर्शन पछि नेपाली टोलीले लय गुमाएको छ । यदपी टि२० का खेलमा नेपालले क्लोज म्याचहरु गुमाएको छ । ब्याटिंग क्रममा धेरै प्रयोग भएकोे पनि ब्याटरहरुले स्थिर प्रर्दशन गर्न नसकेको समर्थकहरुले आलोचना गरिरहेका छन ।