सुभेष सिनाल
काठमाण्डौं, मंसिर २५ ।
१९ वर्ष मुनिको एकदिवसीय विश्वकप क्रिकेटको तालिका आइसीसीले सार्वजनिक भएको छ । श्रीलंकामा हुने भनिएको यो प्रतियोगिता आइसीसीले अन्तिम समयमा दक्षिण अफ्रिकामा सारेको हो । सन २०२४ को जनवरी १९ तारिख देखि शुरु हुने प्रतियोगितामा नेपाल सहित १६ देशको सहभागिता हुनेछ ।
आइसीसीले सार्वजनिक गरेको तालिका अनुसार नेपाल समुह डीमा रहेको छ । नेपालको समुहमा पाकिस्तान, अफगानिस्तान र न्यूजिलैण्ड रहेका छन । नेपालले पहिलो खेल जनवरी २१ तारिखमा न्युजिलैण्डसंग खेल्नेछ । यसैगरि जनवरी २४ मा पाकिस्तानसंग र जनवरी २५ मा अफगानिस्तानसंग खेल्नेछ ।
प्रतियोगितामा समुह ए मा भारत, बंगलादेश, आयरलैण्ड र अमेरिका छन । समुह बीमा इंग्लैण्ड,दक्षिण अफ्रिका, वेष्ट इन्डिज र स्कटलैण्ड तथा समुह सी मा अस्ट्रेलिया, श्रीलंका, जिम्बाब्वे र नामिविया रहेका छन ।
समुह चरणका खेल सकिए पछि हरेक समुहका शिर्ष तिन टोली अघिल्लो चरणमा प्रवेश गर्नेछन । दोस्रो चरणमा समुह ए र डीका शिर्ष तिन टोली मिलाएर ६ देशको एक समुह तथा बी र सी समुहका शिर्ष तिन टोली मिलाएर ६ देशको दोस्रो समुह विच सुपर सिक्स फर्मेटमा खेल हुनेछन दोस्रो चरणमा भने अर्को समुहबाट आएका देशसंग मात्र खेल्नु पर्नेछ । दोस्रो चरणबाट दुबै समुहका शिर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन ।
यस प्रतियोगितामा कुल ४१ वटा खेल हुने आइसीसीले जनाएको छ ।
यो प्रतियोगिता श्रीलंका हुने तय भएपनि श्रीलंका क्रिकेट बोर्ड निलम्बनमा परेपछि आइसीसीले प्रतियोगिता दक्षिण अफ्रिकामा सारेको हो ।