विराटनगर , असोज १५
नेकपा एमालेले कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयका लागि भएको निर्वाचनको मतगणना बेलुका ५ बजेदेखि गरिने भएको छ ।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयले बेलुका ५ बजेदेखि मतगणना गर्ने तयारी गरेको हो ।
आइतबार राति भएको निर्वाचनमा ९९७ प्रतिनिधि मध्ये ९७७ मत खसेको थियो ।
प्रदेश अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा उम्मेदवार छन् ।
१४ असोज २०८०, सोमबार ०३:३० मा प्रकाशित