नेकपा एमाले कोसी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा विजयी

Jhalkonepal
विराटनगर , असोज १६ 

 नेकपा एमाले कोसी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा विजयी हुनुभएको छ ।  प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतान्तरले पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।  खतिवडाले ५१२ र अर्का प्रत्याशी विनोद ढकालले ४३९ मत प्राप्त गर्नुभएको छ ।
सोमबार  राति अबेर सम्पन्न मतगणनाको अन्तिम  परिणाम आएको हो ।  मोरङको तत्कालीन जाते गाविसको अध्यक्ष भएका खतिवडा २०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा विजयी हुनुभएको थियो ।  मोरङको तत्कालीन जाते गाविसको अध्यक्ष हुनुभएका खतिवडा २०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा विजयी हुनुभएको थियो । 

उहाँले काङ्ग्रेसका  डिक बहादुर लिम्बुलाई पराजित गर्नुभएको थियो । २०७९ को निर्वाचनमा भने उहाँ लिम्बूसङै पराजित हुनुभएको थियो । कूल ९९७ प्रतिनिधि रहेको अधिवेशनको ९७७ मत खसेको थियो । सचिव र उपसचिव पदमा पनि खतिवडा प्यानलकै उम्मेदवारहरु निर्वाचित भएका छन्। सचिवमा  पाँचथरका राजकुमार भण्डारी विजयी बन्नुभएको छ उहाँले  ५२४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी  उदयपुरका शैलेश लामाले ३८१ मत प्राप्त गर्नुभयो । 

उपसचिवमा खोटाङका देवान राई ६२८ र झापाकी जल वर्षा राजवंशी ६१० मत ल्याइ विजेता बन्नुभएको छ । उपाध्यक्षमा यसअघि नै  धनकुटाका टीकराम चेम्जोङ निर्विरोध निर्वाचित हुनुभएको थियो । 

प्रतिक्रिया