काठमाण्डौं, बैशाख २६
आइपिएल २०२४ अन्तरगत हिजो राति भएको खेलमा दिल्लीले राजस्थानलाई २० रनले पराजित गरेको छ । दिल्लीमा भएको खेलमा टस जितेर पहिले राजस्थानले बलिंग गर्ने निर्णय गरेको थियो । ओपनर जेक फ्रेसर मेक्ग्रुकको आक्रमक २० बलमा ५० रन र अभिषेक पोरेलको ६५ रनको मद्दतमा दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २२१ रन बनाएको थियो । दिल्लीका ट्रिस्टन स्टुबले ४१ तथा गुलबदिन नैबले १९ रन बनाए भने अक्सर पटेल र रिसब पन्तले समान १५,१५ रन बनाए ।
राजस्थानको लागि रविचन्द्रन आश्विनले ३ विकेट लिए । यस्तै ट्रेन्ट बोल्ट, संदिप शर्मा र यजुबेन्द्र चहलले १,१ विकेट लिए ।
२२२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०१ रन मात्र बनाउन सक्यो । राजस्थानको लागि कप्तान संजु सेम्सनले ८१ रन बनाए पनि टिमलाई जिताउन भने सकेनन् । रियाग परागले २७, सुभम दुबेले २५ तथा जोस बट्लरले १९ रन बनाए ।
दिल्लीका खलिल अहमद, मुकेश कुमार र कुलदिप यादवले समान २,२ विकेट लिए । यस्तै अक्सर पटेल र रसिख सलिमले १,१ विकेट लिए ।
जितसंगै दिल्ली अंक तालिकामा लखनउलाई पछि पार्दे पाचौ स्थानमा उक्लिएको छ । दिल्लीले १२ खेलमा १२ अंक जोडेको छ । हारका बाबजुद राजस्थान दोस्रो स्थानमा कायम छ । राजस्थानको ११ खेलमा १६ अंक छ । ११ खेलमै १६ अंक जोडेको कोलकत्ता रनरेटको आधारका पहिलो स्थानमा छ । यस्तै १२ अंक जोडेको चेन्नइ तेस्रो र समान अंकको हैदराबाद चौथो स्थानमा छन ।
आइपिएलमा आज हैदराबाद र लखनउका विच खेल हुनेछ ।