एसिया कपमा आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै

Jhalkonepal

एसिया कपमा आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दैछन । 

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार आज अपराह्न सवा तीन बजेदेखि खेल सुरू हुनेछ।

भारतर पाकिस्तान बीचको आजको खेल सुपर फोर अन्तर्गतको खेल हो। आजको खेल पूरा ओभर खेलाउनका लागि ‘रिजर्भ डे’ राखिएको छ।

यसअघि समूह चरणमा भारतर पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको थियो।

सन् २०१९ को एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान भिडेको पछिल्लो एकदिवसीय खेल हो। सो खेलमा भारत डिएल मेडथमा ८९ रनले विजयी भएको थियो। त्यसपछि भारत र पाकिस्तान टी(२० खेलमा मात्र प्रतिस्पर्धा गरेका थिए।


सुपर फोरमा पाकिस्तानले दोस्रो खेल खेल्दैछ। यसअघि बुधबार बंगलादेशलाई ७ विकेटले हराएर पाकिस्तानले सुपर फोरमा  सुखद सुरुवात गरिसकेको छ।

सुपर फोर अन्तर्गत हिजो भएको खेलमा पनि बंगलादेश श्रीलंकासँग २१ रनले पराजित भएको थियो। सुपर फोरबाट शीर्ष स्थानमा पुग्ने २ टिमले उपाधिका लागि भिड्नेछ्न्।

भारतविरूद्धको खेलका लागि पाकिस्तानले शनिबार नै टिम घोषणा गरिसकेको छ।

पाकिस्तान टिममा बाबर आजम, शादब खान , फखर जमन, इमाम उल हक, सलमान अलि अघ, इफ्तिखर अहमद, मोहम्मद रिजवान, फहिम असरफ, नसीम शाह, शाहिन शाह अफ्रिदी र हरिश रौफ छन् ।


प्रतिक्रिया