काठमाडाैं, फागुन ३०
त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि आज नेपालले पपुवा न्युगिनीसँग खेल्दैछ।
खेल बिहान ११:४५ बजे हङकङको मिसन रोड ग्राउन्डमा हुनेछ।
नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो। खेल रद्द भएपछि नेपाल र हङकङले एक/एक अंक बाँढेका थिए।
मंगलबार पपुवा न्युगिनीलाई ८५ रनले पराजित गर्दै नेपाल फाइनल पुगेको हो। यसअघि पपुवा न्युगिनीले हङकङलाई १० विकेटले पराजित गर्दै फाइनल पुगेको थियो।
२९ फाल्गुण २०८०, बुधबार ०७:१८ मा प्रकाशित