मोरङमा प्रहरीले गोली हानेर एक जना भारतीय लागूऔषध कारोबारीलाई लियाे नियन्त्रणमा

Jhalkonepal


 काठमाडौं, जेठ १

मोरङमा प्रहरीले गोली हानेर एक जना भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त कारबाहीका क्रममा प्रहरीलाई आक्रमण गर्न खोजेपछि दुई राउण्ड गोली चलाएर एक जना कारोबारीलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएकाे हाे । प्रहरीका  अनुसार, घटनामा भारतको बिहार, किसनगञ्ज–८ बस्ने भारीय नागरिक भागिरथ हरिजन घाइते भएका छन् । एक जना प्रहरी सहायक निरीक्षक पनि सामान्य घाइते भएको बताइएकाे छ ।  काराेवनरीले प्रहरीलाइ छलेर भाग्न खाेजेपछी प्रहरीले गाेली चलाएर नियन्त्रणमा लिएकाे जनाएकाे छ । 

प्रतिक्रिया