फेरी हार्यो मुम्बई, दिल्ली १० रनले विजयी

Jhalkonepal

काठमाण्डौं, बैशाख १५

आईपिएल २०२४ मा मुम्बई इन्डियन्सले आफ्नो नवौ खेलमा पनि हार ब्यहोरेको छ । दिल्लीसंग आज भएको खेलमा मुम्बई १० रनले पराजित हुन पुग्यो । टस जितेर दिल्लीलाई ब्याटिंगको निम्तो दिएको मुम्बईले दिल्लीलाई कम स्कोरमा रोक्न सकेन । दिल्लीका जेक फ्रेसर मेकग्रकको आक्रमक ८४ रनको मद्दतले दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २५७ रनको विशाल लक्ष्य खडा गर्यो। मेकग्रकले ८४ रन बनाउन मात्र २७ बलको सामना गरे । यस्तै अभिसेक पोरेलले ३६,  साइ होपले ४१,  रिसब पन्तले २९, ट्रिस्टन स्टबले ४८ र अक्सर पटेलले ११ रनको योगदान गरे । 

मुम्बइको तर्फबाट कप्तान हार्दिक पाण्ड्या सबै भन्दा महँगा बलर सावित भए उनले २ ओभरमा ४१ रन खर्च गरेर कुनै पनि विकेट लिन सकेनन् । मुम्बईको लागि मोहम्मद नाबी, पियुस चावला, जसप्रित बुमाराह र लुके वुडले १,१ विकेट लिए । 

२५८ रनका विशाल लक्ष्य पछ्याएको मुम्बइले २० ओभरमा ९ विकेट गुमाएर २४७ रन मात्र बनाउन सक्यो । मुम्बईको लागि तिलक बर्माले ६३ र कप्तान हार्दिक पाण्ड्याले ४६ रन बनाएर । मुम्बईका ओपनर रोहित शर्मा र इशान किसानले आज रन बनाउन सकेकनन् रोहित शर्मा ८ रन बनाएर आउट भए भने इशान किसनले २० रन मात्र जोडे ।  सुर्यकुमार यादवले २६ रन तथा टिम डेभिडले ३७ रन जोडे पनि टिमले लक्ष्य पुरा गर्न सकेन । 

दिल्लीका रसिक सलिम र मुकेश कुमारले ३,३ विकेट लिए यस्तै खलिल अहमदले २ विकेट लिए । 

जितसंगै दिल्लीले १० खेलमा १० अंक जोडेर चेन्नइलाई पछि पार्दै तालिकाको पाचौ स्थानमा पुगेको छ । मुम्बई भने तालिकाको आठौ स्थानमा छ। 


प्रतिक्रिया