इंग्लैण्डले नामिवियालाई हरायो

Jhalkonepal


काठमाण्डौं, असार २

आइसीसी टि२० विश्वकप क्रिकेट प्रतियोगिताको समुह वी मा सुपर ८ पुग्नको लागि इंग्लैण्डले महत्वपूर्ण जित निकालेको छ । बर्षाले १० ओभरमा छोट्याइएको खेलमा नामिवियालाई ४१ रनले पराजित गर्दै इंग्लैण्डले आफ्नो रन रेट पनि राम्रो बनाएको छ । पहिलो ब्याटिंग गरेको इंग्लैण्डले १० ओभरमा ५ विकेट गुमाएर १२२ रन बनायो । १२३ रनको लक्ष्य पछ्याउने क्रममा नामिवियाले ३ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो । 

जितसंगै इंग्लैण्डले ४ खेलमा ५ अंक जोडेको छ । इंग्लैण्डको रनरेट पनि ३,६११ रहेको छ । ३ खेलमा ५ अंक जोडेको स्कटलैण्डको रन औषत २.१४ रहेको छ । अहिले अस्ट्रेलिया र स्कटलैण्ड विचको खेल चलिरहेको छ । यो खेलमा स्कटलैण्ड पराजित भएको खण्डमा राम्रो रनऔषतको आधारमा इंग्लैण्ड सुपर ८ मा पुग्नेछ  । खेल स्कटलैण्डले जितेमा भने स्कटलैण्ड समुह विजेता बन्दै सुपर ८ मा पुग्ने छ। 


प्रतिक्रिया