सुनको मूल्य घट्दा, चाँदीको भने बढ्यो

Jhalkonepal

काठमाण्डौ, साउन २८

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य सामान्य घटेको छ भने चाँदी बढेको छ।

मंगलबार प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९६ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९६ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ।

मंगलबार प्रतितोला दुई हजार तीन सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला दुई हजार तीन सय २५ किनबेच भइरहेको छ। 

प्रतिक्रिया