कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त

Jhalkonepal

 विराटनगर, असोज  २७

 कोसी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त हुनुभएको छ।

प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतकामा उहाँले बहुमत ल्याउनुभएको हो । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरेका छन् । मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबोलेको पनि दाबी थियो  ।

हिजो दुवै आकाङ्क्षीको पक्षमा ४७_४७ सांसदको समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोकेका थिए । तर, आङबो पक्षका समर्थक सनाखतका लागि उपस्थित भएनन् । सनाखतमा बहुमत पुष्टि भएसँगै  कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

प्रतिक्रिया