खो-खो विश्वकपमा नेपालको महिला टोलीले लगातार तेस्रो जित निकाल्दै क्‍वाटरफाइनल नजिक

Jhalkonepal

काठमाडौं, माघ २

भारतमा जारी खो-खो विश्वकपमा नेपालको महिला टोलीले लगातार तेस्रो जित हासिल गरेको छ ।

समूह सी अन्तर्गत बुधबार अपरान्ह भएको खेलमा नेपालले श्रीलंकालाई ११०-१० ले पराजित गरेको हो ।

यसअघि मंगलबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ९३-२४ ले पराजित गरेको थियो भने दोस्रो खेलमा जर्मनीलाई ७३-३४ ले पराजित गरेको थियो ।

समूह सी मा नेपाल, भुटान, जर्मनीसँगै बंगलादेश र श्रीलंका छन् । नेपालले बिहीबार बंगलादेशसँग खेल्ने छ । हरेक समूहबाट शीर्ष दुई टोली क्‍वाटरफाइनलमा प्रवेश गर्ने छन् । नेपाल क्‍वाटरफाइनलको नजिक पुगेको छ ।

पुरुषतर्फ भने समूह ए मा रहेको नेपाल पहिलो खेलमा भारतसँग ४२-३७ ले पराजित हुँदा दोस्रो खेलमा पेरूलाई र तेस्रो खेलमा ब्राजिललाई हराइसकेको छ ।

 

प्रतिक्रिया