लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका महरा हुने पक्का

Jhalkonepal


लुम्बिनी , चैत्र २२

लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीपदमा  नेकपा माओवादी केन्द्रका नेता जोखबहादुर महरा हुने पक्का भएको छ । 

नेता महराले आज प्रदेशमा सहभागी भएका दलहरु संग सरकार निर्माण देखि सञ्चालन सम्मकाे सहमति पछि हस्ताक्षर संगै नयाँ नेतृत्व चयन हुने पक्का भएको हाे । 

 

उहाँले हालसम्म ५१ जनाको समर्थन जुटी सकेको दाबी गर्नुभयो  । महरा यसअघि झन्डै तीन महिनाका लागि अर्थमन्त्री बन्नु भएको थियो  । २०७९ पुस २७ गते एमालेका गिरी मुख्यमन्त्री बन्दा महरा अर्थमन्त्री हुनु हुनहुन्थ्यो ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार निर्माणका लागि ४४ सांसदको समर्थन चाहिन्छ । एक जना राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले यो बीचमा पद गुमाइसकेको हुँदा अब भने ८६ सदस्य मात्रै छन् ।

 

लुम्बिनीमा एमालेका २९, माओवादीकाे सभामुख सहित  ११, जनता समाजवादी पार्टिका ३ जना  , नेकपा एकृति समाजवादि पाटिका १ जना र स्वतन्त्र संसाद १  गरि नेकपा माअाेवादिका नेता  महराले मुख्यमन्त्री पदकाे दावि गर्न लाग्नु भएको  माअाेवादि नेता तथा  लुम्बिनी प्रदेश माअाेवादिका सचेतक ईन्द्रजित चाैधरी जानकारि दिनु भयाे ।

सरकारमा सहभागी हुने दलहरु विच ५ वुदे सहमति समेत भएको छ

 


प्रतिक्रिया