चार देशीय टी–२० शृङ्खला: नेपाल फाईनलमा प्रवेश

Jhalkonepal

काठमाडौं, चैत ३०

चार देशीय टी–२० शृङ्खला अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपाल र हङकङबिचको खेल वर्षाका कारण हुन नसकेपछि नेपाल र हङकङले अंक बाँडेका छन् । ययसँगै नेपालले ३ खेलबाट ५ अंक बटुल्दै शीर्ष स्थानमा रहेर फाइनल प्रवेश गरेको छ ।

यसअघि आजै भएको पहिलो खेलमा कतारलाई हराएको कुवेत पनि ३ खेलबाट ४ अंक बटुल्दै फाइनलमा प्रवेश गरेको छ ।

नेपालले टस जितेर पहिले ब्याटिङ गरेको खेल रोकिँदा हङकङले ९ ओभरमा ३ विकेटको क्षतिमा ६८ रन बनाएको थियो । हङकङका लागि ओपनर जिसान अलीले २२ बलमा ३० रन जोडे । त्यस्तै, अंशी राथले १७ रन तथा निजाकत खानले १३ रन बनाए ।

नेपालका लागि ललित राजवंशीले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । नन्दन यादवले १ विकेट लिए ।

नेपाल हालसम्म प्रतियोगितामा अपराजित रहेको छ । हङकङले भने एक खेलमा जीत र एक खेलमा हार बेहोर्दै २ अंक पाएको छ ।

हङकङ तेस्रो स्थान र हालसम्म एक खेलपनि नजितेको कतार चौथो स्थानमा रहेको छ । अब दुई टोली तेस्रो स्थानका लागि भिड्नेछन् ।  फाइनल र तेस्रो स्थानका लागि हुने दुवै खेल आइतबार हुनेछन् ।

प्रतिक्रिया