खेलकुद, कात्तिक २९
विश्वकप क्रिकेट २०२३ को पहिलो सेमिफाइनलमा भारत र न्युजिलैण्डका विच खेल शुरु भएको छ । टस जितेर भारतले पहिले ब्याटिंंग गर्ने निर्णय गरेको छ । १८ ओभरको खेल सकिदा भारतले १ विकेट गुमाएर १३८ रन बनाइसकेको छ । भारतका कप्तान रोहित पौडेल ४७ रन बनाएर आउट भए भने अर्का ओपनर शुभमन गिल ६५ रन बनाएर खेलिरहेका छन । यस्तै तेस्रो नम्बरमा आएका विराट कोहलीले पनि २३ रन बनाइसकेका छन ।
न्युजिलैण्डका टिम साउदीले १ विकेट लिए पनि बाकी बलरहरुले राम्रो बलिंग गर्न सकेका छैनन् ।
२८ कार्तिक २०८०, बुधबार ०३:४६ मा प्रकाशित