काठमाण्डाैं , चैत २८
आईपिएल अन्तर्गत मंगलबार
भएको खेलमा सनराईजर्स हैदराबादले पञ्जाव किंग्स विरुद्ध २ रनको झिनो जीत दर्ता
गरेको हो ।
हैदराबादले दिएको १८३ रनको
लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो ।
पञ्जाबका लागि शशाङ्कले २५
बलमा प्रहार गरेको ४६ रन नै सर्वाधिक रहेको थियो । यस्तै आशुतोषले १५ बलमा ३३ रनको
विष्फोटक इनिङ खेलेपनि हार भने टार्न सकेनन् ।
स्याम करन र सिकन्दर राजाले
क्रमसः २९ र २८ रन जोडेका थिए ।
हैदराबादका लागि भुवनेश्वर
कुमारले २ तथा प्याट कमिन्स, नटराजन, नितिश रेड्डी र जयदेव उनादकटले १-१ विकेट लिए ।
त्यसअघि चण्डीगढमा टस हारेर
पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८२
रन बनाएको थियो । हैदराबादका लागि युवा ब्याटर नितिश रेड्डीले ३७ बलमा ४ चौका र ५
छक्का सहित ६४ रन बनाएका थिए । यस्तै अब्दुल समादले २५ तथा ट्राभिस हेडले २१ रन
जोड्नु बाहेक अन्य ब्याटरले उल्लेखनिय प्रदर्शन गरेका थिएनन् ।
पञ्जावका लागि अर्श्दिप सिंह
एक्लैले ४ विकेट लिए भने स्याम करन र हर्षल पटेलले समान २-२ विकेट लिए । यस्तै
कागिसो रबाडाले १ विकेट लिए ।
जित पछि ५ खेलमा ३ जित सहित
हैदराबाद पाँचौं स्थानमा छ भने ५ खेलमा २ खेल जितेको पञ्जाब छैठौं स्थानमा छ ।