काठमाडौं, माघ १२
नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै
सुपर सिक्समा पुगेको छ ।तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट
प्रदर्शनमा आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै
सुपर सिक्समा पुगेको छ ।
नेपालले जितको लागि १४६ रनको मध्यम
विजयी लक्ष्य ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा कप्तान देव खनालले ८९
बलमा ७ चौकासहित सर्वाधिक ५८ रनको कप्तानी इनिङ खेले । नेपालले ओपनर अर्जुन
कुमाललाई १०, तेस्रो नम्बरका गुलशन झालाई १ र विपिन
रावललाई २ रनमा गुमाएको थियो ।
खलिल अहमदले ओपनर विपिन रावललाई
योर्करमा २ रनमा एलबीडब्लू आउट गरेपछि नेपाल ८.१ ओभरमा २४–३ को अवस्थामा पुगेको
थियो ।
त्यसपछि नेपालको इनिङ सम्हाल्न चौथो
विकेटका लागि देव र आकाशले ९० बलमा ४९ रनको साझेदारी गरेका थिए । स्पिनर नासिर
खानले त्रिपाठीलाई १६ रनमा अली अहमदबाट क्याच गराउँदै साझेदारी तोडेका थिए ।
त्रिपाठीले ३९ बलमा १
चौका प्रहार गरे । दीपेश कँडेल ४ र दीपक डुम्रे ५ रनमा आउट भएका थिए ।
त्यसअघि दक्षिण
अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान
४०.१ ओभरमा १४५ रनमा अल आउट भएको थियो ।
अफगानिस्तानका स्पिन
अलराउन्डर मोहम्मद अल्लाह घजान्फरले २१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ३७ रन
बनाएका थिए ।
एक समय अफगानिस्तान
२०.३ ओभरमा ८८-८ को अवस्थामा पुगेको थियो ।
नवौं विकेटका लागि
फरिदुन डावुड्जाई र कप्तान नासिर खानले ५५ रनको साझेदारी गरेका थिए । नासिर खान ८३
बलमा ३ चौकासहित ३१ रनमा दीपेश कँडेलको बलमा कट एन्ड बोल्ड आउट भए ।
फरिदुनले ६५ बलमा ४
चौकासहित २९ रनमा आउट भए ।
नेपाललाई तीव्र गतिका
बलर गुल्शन झाले पहिलो ओभरको चौथो बलमा ओपनर नौमान साहलाई शून्यमा दीपक डुम्रेबाट
क्याच आउट आउट गराउँदै पहिलो सफलता दिलाएका थिए ।
त्यसपछि अर्का तीव्र
गतिका बलर आकाश चन्दले पाँच विकेट लिदै नेपाललाई खेलमा हाबी गराएका थिए । आकाश
चन्दको दोस्रो ओभरको तेस्रो बलमा एज लागेर खलिद टनिवाल विकेटकिपर विपिन रावलबाट
क्याच आउट भए । जाश्मिद जद्रानलाई ३ रनमा बोल्ड आउट गरे ।
त्यसपछि सोहिल खानलाई
४ र अली अहमदलाई शून्यमा आउट गर्दै ३४–५ को दयनीय अवस्थामा र्पुयाएका थिए । आकाशले
२० रन बनाएका हसन इशाखिललाई दीपेशबाट क्याच गराए । उनले ३५ बलमा ४ चौका हानेका थिए
।
नेपालका आकाश चन्दले
८ ओभरमा ३४ रन खर्चेर ५ विकेट लिए । दीपेश कँडेलले ८ ओभरमा १ मेडनसहित १७ रन
खर्चेर २ विकेट लिए । गुल्शन झाले ८ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर १ विकेट लिए ।
सुवास भण्डारीले ८.१
ओभरमा १ मेडनसहित १५ रन खर्चेर १ विकेट लिए । तिलक भण्डारीले ८ ओभरमा १ मेडनसहित
२८ रन खर्चेर १ विकेट लिए ।
समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् । समूह ए बाट आउने शीर्ष तीन टोलीसँगै
नेपाल, न्युजिल्यान्ड र पाकिस्तान एउटा सुपर
सिक्समा हुनेछन् । नेपालले सुपर सिक्समा समूह एको शीर्ष र दोस्रो टोलीसँग खेल्नेछ
।