अमेरिकालाई ७ विकेटले पराजित गर्दै भारत सुपर ८ मा प्रवेस

Jhalkonepal

सुभेष सिनाल

काठमाण्डौं, जेठ ३१

आइसीसी टि२० विश्वकप २०२४ को समुह डी बाट भारत लगातार ३ जित निकाल्दै एक खेल अघि नै सुपर ८ मा प्रवेस गरेको छ । हिजो भएको खेलमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गर्दै सुपर ८ मा स्थान पक्का गरेको हो । पहिलो व्याटिंग गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११० रन मात्र बनाउन सक्यो । अमेरिकाका नितेश कुमारले सबैभन्दा वढि २७ र स्टेभन टेलरले २४ रन बनाए । यस्तै कोरी एन्डरसनले १५, कप्तान एरोन जोन्सले ११, सिड्ले भानले ११ र हरमित सिंहले १० रन जोडे । 

भारतका अर्षदिप सिंहले ४ ओभरमा ९ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै हार्दिक पाण्ड्याले ४ ओभरमा १३ रन खर्चेर २ विकेट तथा अक्सर पटेलले १ विकेट लिए । भारतका स्ट्राइक बलर जसप्रित बुमराह र मोहम्मद सिराजले ४ ओभरमा २५,२५ रन खर्चेर कुनै विकेट लिन सकेनन् । 

१११ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको भारतको शुरुवात निकै खराब रह्यो । स्टार ब्याटर विराट कोहली शुन्य र हिटम्यानको उपाधि पाएका रोहित शर्मालाई ३ रनमा आउट गरेर अमेरिकाले शुरुवाती सफलता पाए पनि त्यसपछिका ब्याटरले भारतलाई सम्हाले । सुर्यकुमार यादवले नटआउट ५० रन बनाएर टिमलाई जित सम्म पुगाए । उनलाई शिवम दुबेले नटआउट ३१ र रिसब पन्तले १८ रन जोडेर साथ दिए । भारतले ३ विकेट गुमाएर १९ औं ओभरमा लक्ष्य पुरा गर्यो । 

अमेरिकाका सौरभ नेत्रवाल्करले २ विकेट लिए भने अलि खानले १ विकेट लिए । 

हारका बाबजुद अमेरिकाको सुपर ८ मा पुग्ने सम्भावना कायम । अमेरिकाले अन्तिम खेलमा आयरलैण्ड विचको खेलमा बराबरी मात्र भए पनि अमेरिका ५ अंक जोड्दै सुपर ८ मा पुग्नेछ । 


प्रतिक्रिया