काठमाडौं, साउन १९
नेपाली महिला टोलीले भारतलाई
हराउँदै काभा नेसन्स लिगमा ऐतिहासिक जीत निकालेको छ । दशरथ रङ्गशालामा शनिबार
दिउँसो भएको खेलमा नेपालले भारतलाई ३-२ को सेटमा पराजित गरेको हो ।
शनिबार भएको काभा महिला भलिबल
च्याम्पियनसिपअन्तर्गत लिग चरणको खेलमा नेपालले भारतलाई ३–२ ले पराजित गरेको हो।
रोमाञ्चक बनेको पाँच सेटको खेलमा नेपालले अन्तिम सेटमा जित हासिल गरेको हो।
भलिबलमा एसियाकै जायन्ट मानिने
भारतलाई नेपाली टोलीले ३–२ को सेटमा पराजित गर्दा स्पाइकरहरू सरस्वती चौधरी, निरुता ठगुन्ना र उषा भण्डारी
एवम् लिबेरो सलिना श्रेष्ठले फाइनल स्पर्धामा उत्कृष्ट प्रदर्शन गरे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद
परिषदको कभर्ड हलमा भरिभराउ दर्शकमाझ नेपालले पहिलो सेट सहज रुपमा २५–१८ ले खेल
आफ्नो पक्षमा पार्यो। तर, दोस्रो सेटमा कमजोर देखिएको नेपाल १२–२५ ले खेल गुमाउन पुग्यो।
तेस्रो सेटमा पुनरागमन गरेको नेपालले २५–१७ ले खेल आफ्नो पक्षमा पार्यो।
पुनः चौंथो सेटमा खेलमा फर्किएको
भारतले १८–२५ ले खेल जित्दै २–२ को बराबरी भएको थियो। निर्णायक मानिएको पाँचौं तथा
अन्तिम सेटमा नेपाल १५–१३ ले खेल आफ्नो पक्षमा पार्दै जित हासिल गर्यो। यस
जितसँगै नेपालको दुई खेलबाट ५ अंक बनाएको छ। तीन खेल खेलेको भारत ७ अंक जोडेर
शीर्ष स्थानमा छ।
शनिबार नै भुटानको राजधानी थिम्पुमा नेपाली
महिला टोली काभा बीच भलिबल च्याम्पियन बनेको थियो । नेपाली महिला टोलीका सदस्य
कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानको टोलीलाई २१-१७ र २१-१४ को सोझो
सेटमा पराजित गरेको थियो ।