अन्तिम खेलमा दिल्लीको जित, १४ अंक जोडेको दिल्ली प्लेअफमा पुग्ला त ?

Jhalkonepal

काठमाण्डौं, जेठ २

आइपिएल २०२४ को आफ्नो अन्तिम खेलमा दिल्लीले जित हात पारेकोछ  । लखउन माथी १९ रनको जित निकाल्दै दिल्लीले प्लेअफको अन्तिम ४ मा पुग्ने सम्भावनालाई जिवित राखेको छ । यदपी यो अंकगणितिय सम्भावना हो । लिग चरणको आफ्ना खेल सकिदा  दिल्लीले १४ खेलमा १४ अंक जोडेर तालिकाको पाचौ स्थानमा पुगेको छ । हारका बाबजदु लखनउको पनि अंकगणितिय सम्भावना कायम नै छ । अहिले सातौ नम्बरमा रहेको लखनउ अन्तिम खेलमा मुम्बईलाई पराजित गर्न सके १४ अंक हासिल गर्नेछ र रनरेट सुधार गर्न सके अन्य टोलीको नतिजाको आधारमा प्लेअफ पुग्न सक्छ । 

हिजो राति टस जितेर लखनउले दिल्लीलाई पहिले ब्याटिंग गर्न दिएको थियो । दिल्लीले निर्धारित २० ओभरमा४ विकेट गुमाएर २०४ रन बनाएको थियो । दिल्लीका लागि अभिषेक पोरेलले ५८ र ट्रिस्टन स्टबले ५७ रन बनाए । यस्तै साइ होपले ३८ र कप्तान रिसब पन्तले ३४ रन बनाए । लखनउका नविन उल हकले २ विकेट लिए भने अर्सद खान र रवि विस्नाईले १,१ विकेट लिए । 

२०५ रनको लक्ष्य पछ्याउन मैदानमा आएको लखनउले २० ओभरमा ९ विकेट गुमाएर १८९ रन मात्र जोड्न सक्यो । पहिलो ३ ओभरमा ३ विकेट गुमाएर दबाबमा परेको लखनउलाई निकोलश पुरनले ६१ रन बनाएर सम्हालेका थिए । अन्तिममा अर्सद खानले नट आउट ५८ रन बनाएर जितको नजिक ल्याए पनि अन्य ब्याटरले लगातार विकेट गुमाए पनि लखनउले लक्ष्य पुरा गर्न सकेन । दिल्लीका इशान्त शर्माले ३ विकेट लिए भने , खलिल अहमद, अक्सर पटेल, मुकेश कुमार, कुलदिप यादव र ट्रिस्टन स्टबले १,१ विकेट लिए । 

आइपिएलमा आज साँझ राजस्थान र पंजाबका विच प्रतिस्पर्धा हुनेछ । 


प्रतिक्रिया