सुदूरपश्चिम : एकीकृत समाजवादीले लियो लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता

Jhalkonepal

सुदूरपश्चिम , बैशाख  ४

सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी)ले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । 

एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग सहमति गरी चौधरीलाई दिएको समर्थन फिर्ता लिएका हुन् । माओवादीको संसदीय दलका नेता मानबहादुर धामीले एकीकृत समाजवादीलाई मुख्यमन्त्री बनाउने सहमति भएपछि उसले समर्थन फिर्ता लिएको जानकारी दिए । 

एमाले र माओवादीले नाउपाकै कैलाश चौधरीलाई मुख्यमन्त्रीका रूपमा अघि सारेपछि एकीकृत समाजवादीले अर्को पक्षलाई समर्थन गरेको थियो । समर्थन फिर्ता लिएको जानकारी दिँदै सोडारीले प्रदेश प्रमुखलाई पत्र बुझाएका हुन् । 

प्रतिक्रिया