काठमाण्डाैं ,माघ ९
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले वर्ष २०२३ को उत्कृष्ट टेस्ट र ओडिआई टोलीकाे घाेषणा गरेकाे छ ।
आइसिसीले
घोषणा गरेको वर्ष २०२३ को उत्कृष्ट टेस्ट र ओडिआई टोलीमा भारत र अष्ट्रेलियाका खेलाडीले
दबदबा जमाएका छन् ।
आइसिसी टेस्ट च्याम्पियनसिपको उपाधि जितेको अष्ट्रेलियाका ५
खेलाडीले उत्कृष्ट टेस्ट टोलीमा स्थान बनाएका छन् । टोलीको कप्तानमा प्याट कमिन्स
रहँदा विकेटकिपरमा एलेक्स केरी रहेका छन् ।
अष्ट्रेलियाका ट्राभिस हेड दुबै टोलीमा पर्ने एक मात्र खेलाडी हुन्
।
एकदिवसीय टोलीमा भने भारतका ६ खेलाडीले स्थान बनाएका छन् । टोलीको कप्तानमा रोहित शर्मा रहँदा बलिङ आक्रमणमा ३ भारतीय खेलाडी छन ।
टेस्ट टोलीमा : उस्मान
ख्वाजा, डिमुथ करुणारत्ने, केन विलियम्सन, जो रुट, ट्राभिस हेड, रविन्द्र जडेजा, एलेक्स क्यारी, प्याट कमिन्स (कप्तान), रविचन्द्रन आश्विन, मिचेल स्टार्क, स्टुआर्ट ब्रोड छन् ।
ओडीआई टोलीमा : रोहित शर्मा (कप्तान), शुभ्मन गिल, ट्राभिस हेड, विराट कोहली, डेरिल मिचेल, हेनरिक क्लासेन (विकेटकिपर), मार्को जान्सन, एडम जाम्पा, मोहमद सिराज, कुलदिप यादव, मोहमद शामी रहेका छन ।