न्युजिलैण्ड ५ विकेटले विजयी, पाकिस्तानको सेमिफाइनल यात्रा कठिन

Jhalkonepal

खेलकुद, कार्तिक २३

विश्वकप क्रिकेटको समुह चरणको अन्तिम खेलमा श्रीलंकालाई ५ विकेटले पराजित गर्दै न्युजिलैण्डले सेमिफाइनलको आफ्नो सम्भावना बलियो बनाएको छ । श्रीलंकाले दिएको १७२ रनको लक्ष्य न्युजिलैण्डले २४ औं ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । न्युजिलैण्डका डेविन कन्वेले ४५, रचिन रविन्द्रले ४२, केन वियिम्सन्सले १४, डेरिल मिचेलले ४३ तथा ग्लेन फिलिपले १७ रन बनाए । यस अघि श्रीलंकाले टस हारेर पहिले ब्याटिंग गर्दैै पहिले ब्याटिंग गर्दै श्रीलंकाले ४७ औं ओभरमा अल आउट हुदै १७१ रन मात्र बनाएको थियो । 

श्रीलंकाको तर्फबाट कुशल परेराले २८ बलमा ५१ रन बनाउनु बाहेक अग्रपंक्तिका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । श्रीलंकाका मध्यक्रमका ब्याटर एन्जोलो मेथ्यूजले १६ र धनन्जय डि सिल्भाले १९ रन बनाए भने अन्तिममा ब्याटिंग गर्न आएका महिस थिक्सेनाले नट आउट ३८ रन र दिलशान मधुशंकाले १९ रन बनाएर टिमको स्कोर १७१ सम्म पुगाएका हुन । 

न्युजिलैण्डका तर्फबाट सबैभन्दा सफल बलर टे«न्ट बोल्टले १० ओभरमा ३७ रन मात्र खर्चेर ३ विकेट लिए । यस्तै लकी फर्ग्यूसनले २, मिचेल सेनेटरले २ विकेट र रचिन रबिन्द्र २,२ विकेट लिए ।  टिम साउदीले पनि १ विकेट लिएर योगदान गरे । 

जितसंगै न्युजिलैण्डको ९ खेलमा १९ अंक भएको छ र उसको रनरेट ०.७४३ छ । सेमिफाइनलको दौडमा अफगानिस्तान र पाकिस्तानको पनि सम्भावना छ । दुवैले आफ्नो अन्तिम खेलममा न्युजिलैण्डको रनरेटलाई पछि पार्ने गरि जित निकाल्न सके सेमिफाइनलमा भारतसंगको भेट पक्का गर्न सक्नेछ । 

न्युजिलैण्डको रनरेट भन्दा माथि पुग्न पाकिस्तानलाई सेमिफाइनलमा स्थानमा बनाउन इंग्लैण्डलाई ३०० रनको अन्तरमा पराजित गर्नु पर्नेछ ।


प्रतिक्रिया