फिफा विश्वकप छनोटको खेल दशरथ रंगशाला नहुने पक्का

Jhalkonepal

काठमाडौं, जेठ १७

 फिफा विश्वकप छनोटको खेल दशरथ रंगशाला नहुने पक्का भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले मैदानको अवस्था र सुरक्षा व्यवस्थामा चासो राख्दै दशरथ रंगशालामा विश्वकप छनोटका खेल नहुने जनाउँदै न्यूट्रल भेन्यु तय गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्राचार गरेको थियो।

त्यसैले अब नेपालले विश्व कप छनोटका अन्तिम दुवै साउदी अरबमा खेल्ने‌ भएको‌ छ। जेठ २४ गते युएईविरूद्ध दोस्रो चरणको खेल नेपालले साउदी अरबमा  खेल्ने छ। खेल नेपाली समयअनुसार ९:४५ राति र स्थानीय समयअनुसार साँझ ७ बजे हुनेछ।

नेपालले अन्तिम खेल जेठ २९ गते यमनसँग पनि साउदी मै हुने एन्फाका महासचिव किरण राईले जानकारी दिए।
समूह ‘एच’ मा रहेको नेपालले यसअघि चारै खेलमा पराजय भोगेको थियो ।

नेपाल युएईसँग ४-० र यमनसँग २-० ले पराजित भएको थियो। त्यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५-० र दोस्रो खेल ३-० ले गुमाएको थियो।

 

प्रतिक्रिया