घरेलु टोली स्कटल्याण्डमाथि नेदरल्यान्डको कीर्तिमानी जित

Jhalkonepal

काठमाण्डौ, जेठ ३०

नेदरल्यान्ड्सले आईसीसी विश्वकप लिग-२ मा घरेलु टोली स्कटल्याण्डमाथि ४ विकेटको कीर्तिमानी जित हात पारेको छ । जित्नलाई ३ सय ७० रनको विशाल लक्ष्य नेदरल्यान्ड्सले ४९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

नेदरल्यान्ड्सका ओपनर म्याक्स ओडाउडले १३० बलमा १३ चौका र ४ छक्कासहित १ सय ५८ रनको अविजित इनिङ खेले । उनको यो ओडीआई करिअरको पहिलो शतक हो । उनी नेदरल्यान्ड्सबाट ओडीआईमा एकै खेलमा सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् । उनले वेस्ली ब्यारेसीले २०१४ मा केन्याविरुद्ध बनाएको १ सय ३७ रनको अविजित इनिंगको कीर्तिमान तोडेका हुन् ।

म्याक्स बाहेक नेदरल्यान्ड्सका माइकल लेभिटले ४४, कप्तान स्कट एडवार्ड्सले ३२, वेस्ली ब्यारेसी १५, तेजा निणामानिरु ५१ र नोहा क्रसले ५० रनको योगदान दिए ।

स्कटल्यान्डका शफ्यान शरिफले ३, म्याकेन्जी जोन्स र मार्क वाटले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ६९ रन बनाएको थियो ।

स्कटल्यान्डका ओपनर जर्ज मुन्शेले १५० बलमा १४ चौका र ११ छक्कासहित १ सय ९१ रनको कीर्तिमानी इनिङ खेले । स्कटल्यान्डका चार्ली टियर २३, ब्रेन्डन म्याकमुलेन २१, लियाम १४, म्याथ्यु क्रस ५९ र माइकल लिस्कले २९ रन जोडे । माइकल लेभिट र अर्यान दत्तले २-२ तथा भिभियन किंग्मा र रोेलेफ भान डर मर्वेले १-१ विकेट लिए ।

यी तीन टोलीबीच अव टी२० आई त्रिकोणात्मक सिरिज हुनेछ । पहिलो खेल आइतबार स्कटल्याण्ड र नेदरल्यान्ड्सबीच हुनेछ ।

प्रतिक्रिया