काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । सुन प्रतितोला छ हजार र चाँदी ३२० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार २२० रुपैयाँ कायम भएको छ ।
गत सोमबार एक तोला सुन दुई लाख ९६ हजार ७०० र त्यति नै परिमाणको चाँदी चार हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । गत आइतबार दुई लाख ९७ हजार १०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ९७५ रुपैयाँ कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२८ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
१ बैशाख २०८३, बुधबार ११:५१ मा प्रकाशित