सुनको भाउ आज प्रतितोला दुई हजार चार सय रूपैयाँ घट्यो

Jhalkonepal

साउन १०

आज सुन–चाँदीको मूल्य घटेको छ।

बुधबार तोलामा एक हजार एक सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया