एसीसी टि२० प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईको सामना गर्दै

Jhalkonepal


काठमाण्डौं, बैशाख ७


एसीसी टि२० प्रिमियर कपको पहिलो सेमिफाइनलमा नेपाल र युएई आज प्रतिस्पर्धा गर्दैछन । नेपाली समय अनुसार विहान ११ः१५ मा ओमानको अल एमिराटमा नेपाल र युएई विच खेल हुनेछ । जारि प्रतियोगितामा समुह चरणका ४ खेलमा अपराजित रहदै समुह विजेता बन्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो भने युएईले एक खेल गुमाएर उपविजेता बन्दै सेमिफाइनलको यात्रा तय गरेको हो । 

नेपाल र युएई क्रिकेटमा चिरपरिचित प्रतिद्धन्दी हुन । पछिल्ला ५ खेलमा नेपालले ३ खेलमा जित हात पारेको छ भने दुइ खेल युएईले जितेको छ । दुबै देश विच पछिल्लो खेल यही मैदानमा २०२३ को नोभेम्बर महिनामा भएको थियो जसमा नेपाल ८ विकेटले विजयी भएको थियो । 

यस्तो आजै दिउसो ४ः१५ मा दोस्रो सेमिफाइनलमा ओमान र हंगकंगका विच खेल हुनेछ । समुह चरणमा ओमान अपराजित रहदै समुह विजेता बनेर सेमिफाइनलमा पुगेको हो भने हंगकंगले नाटकिय रुपमा अन्तिम खेल पछि समुह उपविजेता बन्दै सेमिफाइनलको यात्रा तय गरेको हो । 

आजको खेलका विजेताले आइतबार फाइनल खेल्ने छन । एसीसी टि२० प्रिमियर कपमका विजेताले यही वर्ष हुने टि२० एसिया कप खेल्न पाउनेछ । 


प्रतिक्रिया