काठमाडाैं , असार २१
कृषि विकास बैंकले काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका ६ विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । नेपाल बुद्ध संस्कृति अनुसन्धान तथा विकास संघकाे पहलमा कृषि विकास बैंक लिमिटेडको आर्थिक सहयोगमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका वडा नम्बर ६ मा रहेका ६ वटा विद्यालयका करिब ४०० बढि विद्यार्थीलाई शैक्षिक सामग्री,झाेला तथा स्टेशनरीका सामानहरू वितरण गरिएको छ।
कृषि बिकास बैंक लिमिटेडले संस्थागत
सामाजिक उत्तरदायित्व अन्तर्गत तेमाल गाउँपालिका वडा नम्बर ६ का पञ्चकन्या
माध्यमिक बिद्यालय, सुनकन्या प्राथमिक विद्यालय, श्री महाङ्काल आधारभुत विद्यालय, निर्मला आधारभूत विद्यालय, बुद्ध कोल्ताेङ आधारभूत विद्यालय र
कालीदेवी प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो।
कार्यक्रममा कृषि विकास बैंक लिमिटेडका
उप-महाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेले कृषि विकास बैंक लिमिटेडले संस्थागत
सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ तथा डिजिटल सिकाईमा सहयोग गर्ने हेतुले
देशको विभिन्न ठाउमा यस किसीमका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले बैंकले शिक्षा, स्वास्थ्य, वातावरण तथा प्राकृतिक प्रकोपमा आर्थिक
सहयोग, सांस्कृतिक तथा पुरातात्विक संरक्षण
जस्ता समुदयसँग जोडिएका विषयहरूमा सहयोग गर्दै आएको जानकारी दिनुभयो । साथै न्यौपानेले
बैंकले प्रदान गर्दै आएका कर्जा सम्बन्धी सुविधाहरू निक्षेप योजना डिजिटल बैंकिङ
सेवाहरूका सम्बन्धमा प्रकाश पार्दै विद्यार्थीहरूलाई आजको बचत भोलिको सुनिश्चित
भविष्यको आधार हुने भन्दै थोरै पैसा भएपनि बचत गर्न सल्लाह दिनुभयो ।
उहाँले बैंकले नुनदेखि सुनसम्म हलोदेखि हाइड्रोसम्म
लगानी गरेको र लगानी गर्नेमा प्रतिबद्धता समेत रहेको बताउनुभयो ।
सो कार्यक्रममा कृषि विकास बैंक
लिमिटेडका उप-महाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, वरिष्ठ शाखा प्रमुख (मार्केटिङ सेल्स विभाग) सुरेश थापा, रामचन्द्र बोहरा (प्रबन्धक शाखा
कार्यालय धुलिखेल), हरिराज थपलिया (शाखा अधिकृत बागमती
प्रदेश कार्यालय), नेपाल बुद्ध संस्कृति अनुसन्धान तथा
विकास संघका अध्यक्ष ङेमा लामा, संघका कोष अध्यक्ष एवं नागरिक सहारा नेपालका अध्यक्ष छेवाङ योन्जन
तामाङ, संघका सल्लाहकार ऋषि मैनाली लगायतको
उपस्थिति रहेको थियो ।