आगोमा जलेर महिलाको मृत्यु

Jhalkonepal


झापा, कार्तिक २४ गते 

झापाको अर्जुनधारा नगरपालिका- १० मा आगोले जलेर एक जना बृद्धा महिलाको मृत्यु भएको छ । गए राती साढे ८ बजे स्थानिय ७३ बर्षीय शिव कुमार राईको टाटी बेरा र टिनको छाना भएको घरमा अचानक आगलागी हुँदा उहाकी  श्रीमती ७५ बर्षीया दिलकुमारी राईको जलेर घटनास्थलमै मृत्यु भएको हो ।  


आगलागीमा परेर घाईते भएका शिव कुमार राईको शनिश्चरे अस्पताल शनिश्चरेमा उपचार भईरहेको छ ।  घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

प्रतिक्रिया