झापा , चैत
२८
झापाको दमकस्थित लाइफलाइन अस्पतालसँग जोडिएको एक होटलबाट सुरु भएको भीषण आगलागीबाट लाइफलाइन अस्पतालको डाइलोसिस सेवामा ठुलो क्षति पुगेको छ । डाइलोसिस सेवा दिइरहेको भवन तथा त्यहाँ भित्र रहेका स्वास्थ्य उपकरणहरु प्रयोग गर्न नसक्ने गरी क्षति भएको अस्पतालले जनाएको छ ।
आगलागी हुँदा दुई करोड भन्दा बढीको क्षति भएको प्रारम्भिक
अनुमान प्रहरीले जनाएको छ । अस्पताल नजिक रहेको प्रेमबहादुर
धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिँदा उक्त क्षति भएको हो ।
प्रहरी कार्यालय झापाका अनुसार धिमालको घरबाट सुरु भएको आगो
अस्पतालको डाइलोसिस
वार्डको झ्यालबाट पसी ६ वटा डाइलोसिस मेसिन, तीन वटा एसी, एउटा
सीसी क्यामेरा, मेडिकल उपकरण गरी जम्मा एक करोड ५० लाख बराबरको क्षति भएको
जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दमक नगरपालिका, कमल गाउँपालिका, पथरी शनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिकालगायत स्थानीय निकायका छ वटा वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।
आगो
नियण्त्रणका लागि छिटो प्रयास भएकाले कुनै पनि मानवीय क्षति भने नभएको जनाइएको छ
।