कोशी प्रदेश स्तरीय महिलावादी महिला मञ्च १३ बुदे घोषणा पत्र जारी गर्दै सम्पन्न

Jhalkonepal

 

बिराटनगर, मंसिर १३

    बिराटनगरमा जारी  कोशी प्रदेश स्तरीय महिलावादी महिला मञ्च  १३ बुदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।

“न्याय सामानता र पर्याबरणीय अधिकारको सुनिश्चितताः सामाजिक रुपान्तरण सहितको दिगो बिकासमा निश्चितता”नारा संगै सुरु भएको मञ्च मंगलवार सम्पन्न भएको हो ।

महिलाबादी महिला मञ्चले असमान शक्ति सम्वन्धले ल्याएको संरचनागत विभेदको अन्त्य गर्दै सबैले समान न्यायको अनूभूति गर्न सक्ने वातावरण निर्माणका लागि संगठित रुपमा समुदाय तह देखि अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।


महिला भित्रपनि अपाङ्गताभएका, दलित, जनजाति,मधेश, मुस्लिम, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, भूमिहिन समुदायको फरक फरक आवश्यकता हुन्छन् भन्ने तथ्य अङ्गिकार गरी राज्यका हरेक संरचनामा विशेष व्यवस्था गर्दै समानुपातिक प्रतिनिधित्व सुनिश्चितताका लागि समुदायतहदेखि नै पहलगर्दै राज्यका सबै तह र संरचनाहरुमायी सवालहरु सुनिश्चितगर्न नेतृत्व एवं सहकार्य गर्ने ,स्थानीय तहबाट लैंगिक नीति, योजना तथा कार्यविधिहरु निर्माण गर्ने र बनिसकेका नीतिहरु जस्तै लैैगिक हिंसा निवारण कोषको प्रभावकारी परिचालन साथै अन्य नीतिहरुको प्रभावकारी कार्यान्वयनको लागि समेत पहल गरिने प्रतिबद्धता मञ्चले जनाएको छ ।

जारी घोषणा पत्रमा महिला मञ्चले  महिलाको आन्तरिक, राजनीतिक र आर्थिक स्रोत माथिको नियन्त्रणका कारण नेतृत्वमा परेको असरलाई विश्लेषण गर्दै महिलाको सम्पत्ती, सूचनाको, शिक्षा र अवासकोे हक, समानुपातिक समावेशी नेतृत्वको अधिकारलाई संविधानमा उल्लेख गरिए बमोजिम कार्यान्वयनका लागि स्थानीय तहबाट आवश्यक पहल गर्ने कुरा समावेश गरेको छ । 

महिलाबादी महिला मञ्चमा सहभागि भएका स्थानीय तहका प्रमुख तथा उपप्रमुख लगायतका जनप्रतिनिधिहरू, महिला मानव–अधिकार रक्षकहरू, सामाजिक न्याय तथा लोकतन्त्रप्रति आस्था राख्ने नागरिक समाजका प्रतिनिधिहरूले मानवअधिकारको संरक्षण र प्रवद्र्धनका लागि प्रतिबद्धता जाहेर गर्दै घोषणापत्र अनुरूपका व्यवस्था स्थानीयतहदेखि नै स्थापित गर्न÷गराउन निरन्तर लागिरहने समेत प्रतिबद्धता जनाएका छन् ।

मञ्चको पहिलो दिन बिभिन्न ६ वटा बिषयमा प्यानल छलफल तथा समानन्तर छलफल भएको छ ।  शरिर मेरो नियन्त्रण कसैको ,लैंगिक हिंसा र यौन हिंसाःमानव अधिकार हननको सवाल,हानिकारक परम्परागत अभ्यासःसामाजिक न्यायको बाधक,लैंगिक हिंसा निवारण कार्यको कार्यन्वयनको अवस्था,महिलाको उत्पादन माथिको नियन्त्रण र श्रमकको अन्तर सम्बन्ध ,घरेलु श्रम,बैदशिक रोजगारीवाट फर्किएको श्रमिकहरुको अवस्था,यौन श्रम र असंगठित क्षेत्रमा कार्यरत श्रमिकको सवालहरुको छलफलले महिला माथि हुने हिंसाको जरो कारणको रुपमा महिलाको श्रमको मान्यता नहुने महिलको शरिर माथिको नियन्त्रण र असमान शक्ति सम्वन्ध रहेको निष्कर्ष निकालेको थियो । सोमवार मञ्चको उद्धघाटन कोशि प्रदेशका मुख्य मन्त्रि केदार कार्कीले गर्नुभएको थियो ।


 महिलावादी मञ्चको दोश्रो दिन रुपान्तरित नेतृत्वको पहिलो काम सोच परिबर्तन गर्नु हो भन्ने निश्कर्षका साथ सोच परिबर्तन गर्नमा महिला जनप्रतिनिधि आफै बाट सुरु गर्न र रुपान्तरित काम गर्न अग्रसर रहनु पर्नेमा बिश्लेषनात्मक छलफलहरु भएको थियो भने विश्व सामाजिक मञ्चका र महिला माथी हुने सबैखाले विभेद उन्मुलन महासन्धी सिड सम्वन्धी छलफल समेत भएको थियो ।


बागमती , लुम्बिनी सुदुरपश्चिम र कोशी प्रदेशमा सम्पन्न भइसकेको महिलावादी मञ्च सातै प्रदेशमा हुने र अब छिट्टै मधेस प्रदेश मा आयोजिन गर्ने तयारी रहेको महिला राष्ट्रिय सञ्जालकी सस्थापक अध्यक्ष एवम महिलावादी महिला मञ्चका परिकल्पनाकार डा .रेनु अधिकारीले जानकरी दिनुभयो ।

मञ्चमा कोशी प्रदेशका १४ वटै जिल्लाका १३६ वटा पालिकाका नबनिर्बाचित महिला संघसस्थाको प्रमुख तथा प्रतिनिधीहरु,स्थानिय सरकारका पदाधीकारीहरु,संचारकर्मी तथा मानब अधिकारकर्मीहरु गरी ३५० जना भन्दा बढीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया