वेष्ट इन्डिज विरुद्ध टस हारेर नेपालले बलिंग गर्दै

Jhalkonepal


काठमाण्डौं, बैशाख १६

वेष्ट इन्जिड ए विरुद्धको दोस्रो खेलमा पनि नेपालले पहिले बलिंग गर्ने भएको छ । पहिलो खेलमा टस जितेर बलिंग राजेको नेपालले दोस्रो खेलमा भने टस हारेर बलिंग गर्नु परेको छ । वेष्ट इन्डिजका कप्तान रोश्टन चेजले टस जितेर ब्याटिंग गर्ने निर्णय गरेका छन । 

 

त्रिवि मैदानमा १२ः१५ मा शुरु हुने खेलको लागि नेपालले आज ५ खेलाडी परिवर्तन गरेको छ । आकास चन्द, सागर ढकाल, आरिफ सेख, सोमपाल कामी र लोकस बम आज खेल्दैछन भने प्रतिस जिसी, विवेक यादव, कमलसिंह ऐरी,अविनाश बोहरा र ललित राजबंशीलाई बेन्चमा राखिएको छ । 

पहिलो खेलमा नेपालले वेष्ट इन्डिज एलाई ४ विकेटले पराजित गरि श्रृखंलामा १९० को अग्रता लिएको छ । 


प्रतिक्रिया