नेपालले दीपेन्द्र सिंह ऐरीको ७ छक्काकाे मद्दतमा कतारलाई दियो २११ रनको लक्ष्य

Jhalkonepal

काठमाडौं , वैशाख १  

दीपेन्द्र सिंह ऐरीको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले एसिसि प्रिमियर कप अन्तर्गत आफ्नो दोस्रो खेलमा कतार विरुद्ध विशाल योगफल खडा गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन जोडेको हो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अन्तिम ओभरमा बिस्फोटक ब्याटिङ गर्दै ६ छक्काकाे सहित ६४ रन जोडे । जम्मा २१ बल खेलेका उनले ७ छक्का र ३ चौकाको मद्दतमा ६४ रन बनाएका हुन् ।

त्यस्तै आसिफ शेखले ५२, कुशल मल्लले ३५, रोहित पौडेलले १८ र कुशल भुर्तेलले १२ रन जोडे ।

ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१० रन बनाएको हो ।

प्रतिक्रिया