सुभेष सिनाल , कार्तिक २९
हङकङकमा आज देखि शुरु भएको चार देश सम्मिलित टि२० महिला क्रिकेटमा नेपालले पहिलो खेलमा तान्जानियासंग हार ब्यहोरेको छ । तान्जानियाले टस जितेर पहिले ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको थियो । हुडा ओमर २५, आइसा मोहम्मद २१, र सौम मतेको १६ रनको मद्दतमा तानजानियाले ११५ रन बनाएको हो । नेपालका तर्फबाट संगिता राईले २ तथा पुजा महतो, रुबिना क्षेत्री र कप्तान इन्दु बर्माले १,१ विकेट लिएका थिए ।
११६ रनको सामान्य लक्ष्य पछ्याउन मैदानमा आएको नेपालको शुरुवात निकै खराब रह्यो । ओपनर विन्द रावल र तेस्रो नम्बरकी ब्याटर सम्झना खडका शुन्यमा आउट भए पछि नेपाल दबाबमा परेको थियो । सातौं नम्बरमा ब्याटिंग गर्न आएकी सिता रानामगरले ४ छक्का सहित ३१ बलमा ४३ रन बनाएर नेपालको आशा जगाए पनि उनी आउट भएपछि अरु ब्याटरले रन बनाउन सकेनन् । नेपालका लागि कप्तान इन्दु बर्माले १५ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहरो अंक बनाउन सकेनन् । नेपालका ४ ब्याटर शुन्यमा आउट भए । नेपालले १६.५ ओभरमा ८८ रन बनाउदा आफ्ना सबै विकेट गुमाएर २७ रनले खेल गुमायो ।
तान्जानियाकी सोफिया जेरोमीले ३ विकेट लिइन । यस्तै निमा प्यूसले २ तथा जाकायो, उसुंगा र आइसा मोहम्मदले १,१ विकेट लिए ।