काठमाडौं,मंसिर १७
काठमाडौं महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित हुनुभएको छ । श्रेष्ठ १५ सय ८४ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले १३ सय ४ मत प्राप्त गर्नुभयो भने तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार लक्ष्मी रत्न तुलाधरले १२ सय १८ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) का मीन बहादुर मानन्धरले ६ सय ५१ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का श्याम कृष्ण श्रेष्ठले ६ सय २२ मत प्राप्त गर्नुभएको छ । २०७९ को निर्वाचनमा यहाँ कांग्रेसले जितेको थियो ।
१६ मङ्सिर २०८१, सोमबार ०६:४४ मा प्रकाशित