१९ वर्षमुनिको महिला टी २० विश्वकपको एसिया छनोटमा आज नेपालले थाइल्यान्डसँग खेल्दै

Jhalkonepal

काठमाडौं , कार्तिक २१

 १९ वर्षमुनिको महिला टी २० विश्वकपको एसिया छनोटमा आज नेपालले थाइल्यान्डसँग खेल्दैछ। युएईको अजमानस्थित सेभेन डिस्ट्रिक्ट स्पोर्ट्स क्बलमा दिउँसो सवा ३ बजेदेखि खेल शुरू हुनेछ।

आयोजक युएई, थाइल्यान्ड, नेपाल र कुवेत गरी चार टोली रहेको टोलीको विजेता टोलीले १८ जनवरी २०२५ देखि मलेसियामा हुने १९ वर्षमुनिको महिला टी२० विश्वकपमा सहभागी हुनेछ।

जारी प्रतियोगितामा हरेक टोलीले अर्को टोलीसँग दुई–दुई खेल खेल्नेछ। हरेक दिन दुई खेल हुनेछ।

यसको टेबलको टपमा रहने टोलीले प्रतियोगिता जित्दै अष्ट्रेलिया, बंगलादेश, स्कटल्यान्ड भएको समूह ‘डी’मा स्थान बनाउनेछ।

 

प्रतिक्रिया