इलाम-२ मा आजै मतगणना सुरू गर्ने तयारी , बझाङमा भने आज सुरू नहुने

Jhalkonepal

इलाम, बैशाख १५

इलाम-२ मा आजै मतगणना सुरू गर्ने तयारी गरिएको छ । 

इलामका प्रमुख निर्वाचन अधिकृत केशव कुमार  घिमिरेले सबै मतदानस्थल र केन्द्रमा मतगणना सम्पन्न भएको र आजै बेलुकादेखि  मतगणना सुरू गर्ने तयारी रहेको जानकारी दिए । 

मतपेटिका ल्याउन अप्ठ्यारो नभएको र सबै केन्द्रहरूमा सडकबाटै मतपेटिका ल्याउन सकिने भएकाले आजै गणना सुरू गर्न सम्भव रहेको पनि घिमिरेले बताए । 

इलाममा करिब ५७ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । 

बझाङमा भने आजै मतगणना सुरू गर्न सम्भव नभएको प्रमुख जिल्ला अधिकारी विश्वमित्र कुइकेलले जानकारी दिए।

साइपालबाट मतपेटिका ल्याउन हेलिकोप्टर तयारी अवस्थामा राखिएको भएपनि पानी परेका कारण मौसम अनुकूल नभएको उनले बताए । 

'भोलिसम्म मौसम खुल्छ त्यसपछि मात्रै गणना सुरू हुन्छ, 'उनले भने। 

 

प्रतिक्रिया