तोलामा २०० रुपैयाँले घट्यो सुनको मूल्य

Jhalkonepal

काठमाडौ, माघ १३

नेपाली बजारमा आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १८ सय ६५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया