अन्तिम खेलमा अस्ट्रेलियालाई बंगलादेशले ३०७ रनको लक्ष्य दियो

Jhalkonepal


खेलकुद, कार्तिक २५

विश्वकप क्रिकेटको लिग चरणको अन्तिम खेलमा बंगलादेशले अस्ट्रेलिया सामु ३०७ रनको लक्ष्य राखेको छ । पुनेमा आज विहान शुरु भएको खेलमा टस अस्टे«लियाले जितेर बंगलादेशलाई पहिले ब्याटिंग गर्न दिएको थियो । बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै ३०६ रन बनाएको हो । 

बंगलादेशको लागि टोहिड ह्दोयेले सर्वाधिक ७४ रन बनाए । यस्तै ओपनर तान्जिद हसन र लिटन दासले ३६, ३६ रन बनाएर टोलीलाई राम्रो शुरुवात दिलाएका थिए । यस्तै नजमुल हसरले ४५, महमुदुल्लाहले ३२, मुस्फिकर रहिमले २१ तथा मेहन्दी हसनले २९ रनको योगदान गरे । 

अस्टे«ेलियाका लागि एडम जाम्पा र सिन एबोटले समान २,२ विकेट हात पारे भने मार्कस स्टोनिसले पनि एक विकेट लिए । हेजलवुडले विकेट नलिए पनि ७ ओभरमा १ मेडन ओभर सहित मात्र २१ रन मात्र खर्च गरे । अस्टे«लियाले बंगलादेशका ३ जना ब्याटरलाई भने रनआउट गरेको थियो । 


सेमिफाइनलमा स्थान बनाईसकेको अस्टे«लियाले अव केही बेरमा लक्ष्यको पिछा गर्नेछ । 


प्रतिक्रिया