डच टीम विरुद्ध नेपालको शानदार जीत

Jhalkonepal

काठमाण्डौ, जेठ २८

विश्वकप क्रिकेट लीग २ अन्तर्गत शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेको छ। 

स्कटल्यान्डमा भएको खेलमा डच टोलीले टस जितेर सुरुमा फील्डिङ गर्ने निर्णय गर्दै नेपाललाई ब्याटिङको निम्तो दिएको थियो। 

निर्धारित ५० ओभरमा नेपालले ९ विकेट गुमाएर २३६ रन बनाएको थियो। नेदरल्यान्ड्सले ४९.२ ओभरमा २२० रन बनाउदै अलआउट हुन पुगेको थियो।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ८४ रन बनाए भने सन्दिप लामिछाने र नन्दन यादवले ३-३ विकेट लिएका थिए।

नेपालले लीग २ अन्तर्गत शृङ्खलामा खेलेका ४ खेलमध्ये ३ मा जित हात पारेको छ भने १ खेल हारेको छ। 





प्रतिक्रिया