भारत माथि हारको जोखिम कायमै , अन्तिम दिन पहिलो सत्र निर्णायक हुने

Jhalkonepal

सुभेष सिनाल

काठमाण्डौ, सावन ११


भारत र इंग्लैण्ड विच चलिरहेको चौथो टेष्टमा भारत माथि हारको जोखिम कायमै छ । हिजो चौथो दिनको खेल सकिदा भारतले खेलमा लय समाते पनि हारको जोखिम भने कायमै छ । भारतको अवस्था कस्तो हुने भन्ने पाँचौ दिनको पहिलो सत्रले निर्धारण गर्नेछ । हिजो इंग्लैण्डको पहिला पारी ६६९ रनमा समेटिएको थियो । यसको आधारमा इंग्लैण्डले पहिलो पारीमा ३१० रनको अग्रता लिएको थियो । 

३१० रनले पछाडी परेको अवस्थामा दोस्रो इनिंग शुरु गरेको भारतले पहिलो ओभरमै २ विकेट गुमाएर संकटमा परेको थियो । कप्तान शुभमन गिलले नटआउट ७८ र ओपनर केएल राहुलले नटआउट ८७ रन बनाएपछि भारतले दोस्रो इनिंगमा २ विकेट गुमाएर १७४ रन बनाएको छ । चौथो दिनको खेल सकिदा भारत इंग्लैण्ड भन्दा १३७ रनले पछाडी छ । यस्तो अवस्थामा चौथो टेष्ट भारतले जित्ने सम्भावना लगभग समाप्त भएको छ । यहाँबाट भारतले गर्न सक्ने अधिक्तम उपलव्धी भनेको हारबाट जोगिने हो । यसको लागि भारतले आज पुरै दिन विकेट नगुमाएर ब्याटिंग गर्नु पर्नेछ । र सबै पहिलो सत्रमा भारतले विकेट गुमाएन भने मात्र सम्भव छ ।

यसअघि चौथो दिन इंग्लैण्डका कप्तान बेन स्टकले १४१ रन बनाएर आउट भए । उनलाई ब्रेडन कार्सीले ४७ रन बनाएर साथ दिएका थिए । इंग्लैण्डको पहिलो इनिंगमा जोय रुटको १५० रन पनि महत्वपूर्ण रह्यो । भारतले दोस्रो पारी शुरु गर्दा पहिलो इनिंगमा ५ विकेट लिने इंग्लैण्डका कप्तान बेन स्टकले बलिंग गरेनन् । चोटग्रस्त उनी ब्याटिंगको क्रममा घाइते भएपछि रिटायर्ड हर्ट भएका थिए । तर पछि टिमलाई आवश्यक परेपछि खेल्न आएर १४१ रन जोडे । बेन स्टकले आज बलिंग गर्न सके भने भारतको चूनौति झनै थपिनेछ । 


प्रतिक्रिया