सरकारले वार्तामा आउन आन्दोलनरत लघु वित्त पीडितलाई वाेलायाे

Jhalkonepal

काठमाण्डाैै , फागुन ३०


सरकारले आन्दोलनरत लघु वित्त पीडितलाई वार्तामा बोलाएको छ । अर्थ मन्त्रालयले लघु वित्त पीडित संघर्ष समितिलाई वार्तामा बोलाएको हो । मन्त्रालयले शुक्रबार अपरान्ह २ बजे लघु वित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि सिंहदरबारस्थित मन्त्रालयमा बोलाएको छ । 

मन्त्रालयद्वारा सह–सहसचिव एवं वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल नेतृत्वमा गठित समितिले पीडितका प्रतिनिधिलाई वार्तामा बोलाएको हो ।

नेपाल राष्ट्र बैंकबाट दिइएको नीति निर्देशन विपरीत कार्य गर्न लघु वित्त वित्तीय संस्थाहरूमाथि छानबिन गरी कारबाहीको दायरामा ल्याउन यस अघि नै निर्देशन दिइएको छ । 

उक्त समितिमा गृहमन्त्रालयका सह–सचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई, कानून मन्त्रालयका उप–सचिव झइन्द्र गुरागाईं, नेपाल राष्ट्र बैंकका प्रतिनिधि छन् । समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उप–सचिव केशव उप्रेती छन् ।

 

प्रतिक्रिया