चौथो टेष्ट बराबरीमा टुंगियो : तिन ब्याटरले सतक प्रहार गरि भारतलाई हारबाट जोगाए

Jhalkonepal

काठमाण्डौ, सावन १२

भारत र इंग्लैण्ड विचको चौथो टेष्ट बराबरीमा टुंगिएको छ । अन्तिम दिनको खेलमा धैर्यताका साथ खेल्दै भारतले हार टारेको हो । इंग्लैण्डले पहिलो इनिंगमा ३११ रनको अग्रता लिए पछि ब्याटिंग गर्न आएको भारतले दोस्रो इनिंगको पहिलो ओभरमै दुई विकेट गुमाए पछि भारतलाई हारको जोखिम बढेको थियो । अन्तिम दिनको खेलमा भारतका तिन व्याटरले सतक प्रहार गर्दै हारबाट जोगाए । भारतको तर्फबाट कप्तान शुभमन गिल १०३ रन बनाएर आउट भए । भारतका लागि रबिन्द्र जडेजा र बासिंग्टन सुन्दरले नटआउट सतक बनाए । जडेजाले १०७ रन बासिंग्टन सुन्दरले १०१ रन बनाए । यस अघि केएल राहुलले पनि ९० रन जोडेका थिए । 

भारतले पहिलो इनिंगमा ३५८ रन बनाएको थियो भने इंग्लैण्डले ६६९ बनाएको थियो । 

चौथो टेष्ट ड्र भएपछि श्रंखलामा इंग्लैण्ड २-१ ले अगाडी छ ।  

प्रतिक्रिया