दोस्रो खेलमा नेपालको सामान्य प्रदर्शन, नामिवियालाई १६९ रनको लक्ष्य

Jhalkonepal

सुभेष सिनाल

काठमाण्डौं, फागुन ९

लिग २ अन्तरगत नामिविया विरुद्धको दोस्रो खेलमा नेपालले सामान्य प्रदर्शन गरेको छ । टस हारेर पहिले ब्याटिंग गरेको नेपालले ३८ औं ओभरमा अलआउट हुदै १६८ मात्र रन बनाएको छ । नेपालको तर्फबाट ओपनर आसिफ सेखले सर्वाधिक ५८ रन बनाए  । अर्का ओपनर कुशल भुर्तेलले आज पनि रन बनाउन सकेनन् । भुर्तेल १८ रन बनाएर आउट भए । यस अघिको खेलमा राम्रो प्रदर्शन गरेका अनिश शाहले शुन्यमा आउट भए । चौथो नम्बर प्रोमट भएर आएका देब खनाल पनि शुन्यमा आउट भएपछि नेपाल दवावमा परेको थियो । कुशल मल्लले ३ छक्का र १ चौकाको मद्दतमा ३६ रन बनाएर केही आशा जगाए पनि उनी गलत सट खेलेर आउट भए । कप्तान रोहित पौडेल आज पनि शुन्यमा आउट भए । सातौ नम्बरमा आएका भिम सार्कीले २६ रन जोडे भने आठौ नम्बरमा आएका दिपेन्द्र सिहं ऐरी पनि गलत सट खेलेर स्टपिंग हुन पुगे । दिपेन्द्रले ६ रन मात्र जोड्न सके भने करण केसीले अन्तिममा १२ रन बनाए । 

नामिवियाका  बेनार्ड स्कोल्ज र जेम निकोलले ४,४ विकेट लिए । जेक ब्रसेल र कप्तान इरासमसले पनि १,१ विकेट लिए । 


प्रतिक्रिया