काठमाडौ , फागुन १७
मोरङको कानेपोखरीमा आगोले जलेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार कानेपोखरी गाउँपालिका–१ होक्लाबारीकी ५५ वर्षीया रीता बुढाथोकीको मृत्यु भएको हो । आगोले जलेर घाइते भएको १ महिनापछि उहाको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताउनुभएको छ ।उहाँका अनुसार गाईलाई खोले पकाउने क्रममा गत माघ १७ गते सारीबाट सल्किएको आगोले जलेर रीता गम्भीर घाइते हुनुभएको थियो ।
१६ फाल्गुण २०८१, शनिवार ०७:३३ मा प्रकाशित