सुनसरी , चैत २६
बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको तयारी पूरा भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्वर १ स्थित प्राचीन हरिद्वार चतराधाम कुम्भनगरीमा आयोजना हुन लागेको महाकुम्भ मेलाको सम्पूर्ण तयारी पुर्ण भएको मूल आयोजक समितिले जनाएको छ ।
चतराधाममा भोलि चैत २७
गते देखि आगामी वैशाख २८ गतेसम्म सञ्चालन
हुने सो महाकुम्भ मेलाको भोली बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पाैडेलले उद्घाटन गर्ने
कार्यक्रम रहेको छ । मेलामा ३० लाखभन्दा
बढी भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ । विसं २०५९ साल देखि नेपालमै कुम्भलाग्न सुरु भएको हो । सुनसरी बराहक्षेत्रको
प्राचीन हरिद्वारा चतराधाममा हरेक १२ वर्षमा एक महिने पूर्णमहाकुम्भ मेला लाग्ने
गरेको छ । जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले
कुम्भ मेलाबाट नेपाल र नेपालीबीचको एकता तथा धार्मिक सद्भावका लागी देश–विदेशबाट
कुम्भमेलाको दर्शनका लागि चतरा आउने भएकाले पनि यसको महत्व बढ्दै गएको बताउनुभयो ।
कुम्भमेलामा कोटिहोम, वेद पुराण पाठपरायण, आफ्ना इष्टदेवताहरुको पूजन तथा यजन
गर्ने, निराहार बसी ब्रत गर्ने र महाकुम्भवमा
स्नान गर्ने आदि गरिन्छ । यस महान अनुष्ठान एवं मेलामा स्वदेश तथा विदेशका
जगद्गुरु, शङ्कराचार्य, धर्माचार्यको सहभागिता र उहाँहरुको प्रवचन, भजनकीर्तन, शास्त्रार्थ सम्मेलनलगायत महास्नान
हुने छन्। नेपालका पवित्र
तीर्थस्थलहरुको थप प्रचारप्रसार गरी तिनको उजागर गर्न यस महाकुम्भ मेलाको ठूलो
महत्व रहेको उहाँको भनाई छ । प्रत्येक छ वर्षमा कुम्भमेला र १२ वर्षमा
पूर्णमहाकुम्भ मेला लाग्ने गरेको छ ।