काठमाण्डौ, साउन २३
काभा महिला भलिबल नेसन्स लिगको फाइनल खेल आज
हुँदै छ । फाइनलमा नेपाल र भारत भिड्दै छन् ।
नेपालले इरानलाई
हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । भारत श्रीलंकालाई हराउँदै फाइनल प्रवेश
गरेको थियो ।
नेपालले मंगलबार
सेमिफाइनलमा इरानविरुद्ध ३–० सेटमा जित निकाल्दै फाइनलमा स्थान सुनिश्चित गरेको
थियो ।
खेल सवा ५ बजे दशरथ रङ्गशाला
कभर्डहलमा हुनेछ ।
२२ साउन २०८१, बुधबार ०६:५५ मा प्रकाशित