पहिलो टेष्टमा भारत एक पारी र ३२ रनले पराजित

Jhalkonepal

सुभेष सिनाल

काठमाण्डौ, पौष १२

दक्षिण अफ्रिका भ्रमणमा रहेको भारत पहिलो टेष्टमा एक पारी र ३२ रन ले पराजित भएको छ । पाँच दिन पहिले दक्षिण अफ्रिकाले टस जितेर भारतलाई पहिले ब्याटिंगको निम्तो दिएको थियो । भारतले पहिलो पारीमा २४५ रन मात्र बनाउन सक्यो । केल राहुलले १०१ रन बनाए पनि भारतका अन्य ब्याटरले रन बनाउन सकेका थिएनन् । भारतलाई पहिलो पारीमा सस्तैमा समेटे पछि दक्षिण अफ्रिकाले पहिलो पारीमा ४०८ रन बनाएको थियो । दक्षिण अफ्रिकाका तर्फबाट डिन इलेगरको १८५, मार्को जेनसनको ८४ र डेभिड बेडिन्गमले ५६ रन बनाएका थिए ।  

पहिलो पारीमा दक्षिण अफ्रिका भन्दा १६३ रनले पछि परेको भारतले दोस्रो पारीमा पनि रन बनाउन सकेन । दोस्रो पारीमा मात्र १३१ रन बनाउदा भारतले आफ्ना सबै विकेट गुमाएर हार ब्योहोरेको हो । दोस्रो पारीमा भारतका तर्फबाट बिराट कोहलीले ७६ रन बनाए भने शुभमन गिलले २६ रनको योगदान गरेका थिए । यस बाहेक भारतका ८ जना ब्याटरहरुले दोहरो अंकमा रन बनाउन सकेनन् । भारतका ४ जना ब्याटर शुन्यमा आउट भएका थिए । 

दक्षिण अफ्रिकाका लागि १८५ रन बनाउने डिन इलेगर म्यान अफ दी म्याच घोषित भएका छन । दुई टेष्टको श्रृखलामा दक्षिण अफ्रिका १(० ले अग्रता लिएको छ ।


प्रतिक्रिया